नियम १०
लिलाम गर्ने व्यवस्था

 

(१) रद्दी ठहरिएको नियन्त्रित सामान लिलाम बिक्री गर्नु पर्दा समितिको सिफारिशमा वलाधिकृत विभागबाट निकासा भएपछि वाहिनी, गण, गुल्म फर्मेशन वा डिपोले देहायको कुराहरू खुलाई स्थानीय पत्र पत्रिका भएको ठाउँमा स्थानीय पत्र पत्रिका समेत र पत्रपत्रिका नभएको ठाउँमा जिल्ला प्रशासन कार्यालय, माल अड्डा, भन्सार अड्डा वा नजिकको सरकारी अड्डा र गाउँ विकास समिति वा नगरपालिकामा सबैले देख्ने ठाउँमा सूचना टाँसी प्रचार गर्नुपर्छ ।

(क) नियन्त्रित सामानको विवरण,
(ख) बढाबढ हुने स्थान,
(ग) लिलाम हुने मिति,
(घ) अन्य आवश्यक कुराहरू ।

(२) उप–नियम (१) बमोजिम लिलाम गर्दा नजिकको सरकारी अड्डा वा गाउँ विकास समिति वा नगरपालिकालाई साक्षी राखी लिलाम बढाबढ गर्नुपर्छ ।
(३) उप–नियम (१) बमोजिम सूचना प्रचार गर्दा लिलाम हुन नसकेमा पुन सूचना प्रचार गर्नुपर्छ ।
(४) उप–नियम (३) बमोजिम पुन सूचना प्रचार गर्दा पनि लिलाम हुन नसकेमा वा लिलाम बढाबढ गर्दा उचित मोल प्राप्त हुन नआएकोमा सो लिलाम रोक्का गरी सम्बन्धित लिलाम गर्ने अधिकारीले वलाधिकृत विभागमा निकासाको लागि पेश गरी निकासा भै आए
बमोजिम गर्नुपर्छ ।